site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग शिष्टाचार भेट गरेका छन् ।

शीतल निवासमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका थिए । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्