site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प र ह्यारिसबीच एबीसी टीभीमा सेप्टेम्बर १० मा डिबेट

वाशिङटन । अमेरिकाका राष्ट्रपति पदका उमेदवार डेमोक्रेटिकका कमला ह्यारिस  र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच एबीसी टेलिभिजनमा आउँदो सेप्टेम्बर १० मा डिबेट हुने भएको छ । 

उक्त टेलिभिजनले एक्समार्फत यो जानकारी दिएको हो । ट्रम्पले यसअघि उक्त मिति र टेलिभिजनमा डिबेटमा भाग नलिने भनेका थिए । तर, बिहीबार उनले आफू डेमोक्रेटिक पार्टीका उमेदवारसँग नोभेम्बरको चुनावअघि डिबेट गर्न तयार भएको बताएका थिए ।

ह्यारिसले पनि उक्त डिबेटमा भाग लिन सहमति जनाएकी छन् । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्