site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा छलफल भएको छ । साथै, दुवै देशको आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको जनाइएको छ ।

सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि नै सौहार्दपूर्ण रहँदै आएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्