site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सुवास थापा संयाेजक रहेको जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा विष्णु बस्नेत र तनुजा पाेखरेल सदस्य रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

समितिलाई ३० दिनकाे समय दिइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्