site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वका लागि नेपालले अनुकरणीय काम गर्ने देउवाको विश्वास

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको बाँकी काम प्रक्रियामा पुर्‍याए विश्वका लागि अनुकरणीय हुने बताएका छन् । 

बुधबार टीआरसी विधेयकमा देखिएको समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको प्रतिवदेन बुझ्दै उनले नेपाल अनुकरणीय काम गर्नतर्फ अघि बढेको बताए । 

“नेपालले शान्ति प्रक्रियाको काम टुंगो लगाए संसारमा अनुकरणीय हुने मैले विश्वास लिएको छु‚” उनले भने ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्