site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हेटौँडा सामुदायिक आँखा अस्पताललाई सांसद सिंहले दिए एक वर्षको तलब

काठमाडौं । प्रतिनिधिसभाका सांसद तथा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले एक वर्षको तलब हेटौँडा सामुदायिक आँखा अस्पताललाई दिएका छन् । उनले एक वर्षको तलब बराबर दश लाख रुपैयाँ अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

हेटौँडामा मंगलबार आयोजित एक कार्यक्रममा सिंहले नेत्र विशेषज्ञ डा. सन्दुक रुइतमार्फत हेटौँडा सामुदायिक आँखा अस्पताललाई रकम हस्तान्तरण गरेका हुन् ।

Argakhachi Cement Island Ad

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंहले आफूले निर्वाचनका बेला जनतासँग गरेको वाचा पूरा गरेको बताए । जनताको सेवकको रूपमा काम गर्ने वाचा गरेको स्मरण गर्दै उनले जनतासँग गरेकामध्ये एउटा वाचा पूरा गरेको बताए ।

कार्यक्रममा डा. रुइतले सांसद सिंहले गरेको सहयोग नितान्त अन्तरआत्माबाट आएको मनोभावनाका रूपमा लिन आग्रह गरे । उनले सांसद सिंहले गरेको सहयोग गरिब जनतामा पुर्‍याउने बताए ‍।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्