site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरको भट्टेडाँडामा मोटरसाइकल पुरियो

काठमाडौं । ललितपुरको भट्टेडाँडामा पहिरो खस्दा एउटा मोटरसाइकल पुरिएको छ । वाग्मती गाउँपालिका–३, भट्टेडाँडास्थित टाकुर्चेमा ना५४प १६५५ नम्बरको मोटरसाइकल पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलका चालक सलमान अन्सारी सकुशल रहेका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार ४६ वर्षीया मुर्तुजा अन्सारीको खुट्टा ‘फ्याक्चर’ भएको छ । ललितपुरस्थित बीएन्डबी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्