site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीजी मोटर्सले एकैपटक हस्तान्तरण गर्‍यो २५ वटा किङलङ १४ सिटर ईभी

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले एकैपटक २५ वटा किङलङ १४ सिटर ईभी यातायात व्यवसायीलाई हस्तान्तरण गरेको छ ।

सीजी मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आएको किङलङ १४ सिटर विद्युतीय भ्यान सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायीलाई हस्तान्तरण गरेको हो ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले एकैपटक ईभी माइक्रो भ्यान हस्तान्तरण गरेको हो ।

EV-(3)-1722770765.jpeg
 

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो ।

सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले एकैपटक धेरै गाडी हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यी गाडीको प्रतिकिलोमिटर अपरेटिङ कस्ट २ रुपैयाँभन्दा कम आउने हुँदा यातायात व्यवसायीले न्यूनतम खर्चमा धेरै आम्दानी गर्न सकिने उनको भनाइ छ ।

EV-(1)-1722770766.jpeg
 

यी गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउन्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसीलगायत सुविधा रहेको कम्पनीले जनाएको छ ।

गाडीलाई ४५ मिनेटमा २० प्रतिशतबाट ८०  प्रतिशतसम्म चार्ज गर्न सकिने सीजीको दाबी छ ।

हालसम्म किङलङको नेपालभर थप २१ वटा सोरुम र १८५ भन्दा धेरै स्थानमा चार्जिङ सेवा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्