site stats
बाह्रखरी :: Baahrakhari
खेल
ओलम्पिक पदक तालिका : चीन शीर्ष स्थानमै, अमेरिका दोस्रो स्थानमा उक्लियो 

काठमाडौं । पेरिस ओलिम्पक–२०२४ को सातौँ दिन चीनले पदक तालिकाको शीर्ष स्थान कायम राखेको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा शुक्रबारका खेलहरू जारी रहँदा चीन ११ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । कुल २४ पदक जितेको चीनले सात रजत र ६ कांस्य जितेको छ ।

प्रतियोगिताको सातौँ दिन अमेरिका दोस्रो स्थानमा उक्लिएको छ । कुल ३७ पदक जितेको अमेरिकाले नौ स्वर्ण, १५ रजत र १३ कांस्य जितेको छ ।

Argakhachi Cement Island Ad

तालिकाको तेस्रो स्थानमा घरेलु टिम फ्रान्स छ । फ्रान्सले आठ स्वर्ण, ११ रजत र आठ कांस्यसहित २७ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले पनि आठ स्वर्ण, ६ रजत र चार कांस्यसहित १८ पदक जितेको छ ।

पदक तालिकाको पाँचौँ स्थानमा जापान छ । जापानले आठ स्वर्ण, तीन रजत र पाँच कांस्यसहित कुल १६ पदक जितेको छ । छैटौँ स्थानमा ब्रिटेन छ । ब्रिटेनले ६ स्वर्ण, सात रजत र सात कांस्यसहित २० पदक जितेको छ ।

सातौँ स्थानको दक्षिण कोरियाले ६ स्वर्ण, तीन रजत र तीन कांस्यसहित १२ पदक जितेको छ । आठौँ स्थानमा इटाली छ । इटालीले पाँच स्वर्ण, सात रजत र चार कांस्य जितेको छ ।

यस सूचीको नवौँ स्थानमा क्यानडा र १०औँ स्थानमा जर्मनी छ । क्यानडाले तीन स्वर्ण, दुई रजत र तीन कांस्यसहित आठ पदक जितेको छ । यस्तै, १०औँ स्थानको जर्मनीले दुई स्वर्ण, दुई रजत र दुई कांस्यसहित ६ पदक जितेको छ ।

प्रतियोगिताको सातौँ दिनसम्म २९ देशले स्वर्ण पदक जितेका छन् । यस्तै, ३१ देशले रजत र ४० देशले कांस्य पदक जितेका छन् ।

पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

कुन देशको पदक कति ?

क्रसं देश स्वर्ण रजत कांस्य कुल
चीन ११ २४
संयुक्त राज्य अमेरिका १५ १३ ३७
फ्रान्स ११ २७
अस्ट्रेलिया १८
जापान १६
बेलायत २०
दक्षिण कोरिया १२
इटाली १६
क्यानडा
१० जर्मनी

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्