site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकासहित पश्चिमा मुलुक र रसियाबीच २४ बन्दी आदानप्रदान

वाशिङटन । अमेरिकासहित पश्चिमा मुलुकबीच शीतयुद्धकालपछिकै सबैभन्दा ठूलो बन्दी आदानप्रदान भएको छ । बिहीबार दुवै पक्षका गरी २४ बन्दीलाई जेलमुक्त गरेर सम्बद्ध देशतर्फ पठाइएको छ ।

जेलमुक्त हुनेमा अमेरिकासहित पश्चिमी मुलुकका १६ जना छन् । रसियाका आठजना छन् । रिहा हुनेमा वालस्ट्रिट जर्नलका रिपोर्टर इभान गेसोकोभिक पनि छन् । पाउल ह्वेलन, आल्सु कुर्मासेभा र भ्लादिमिर कारा मुर्जा पनि मुक्त भएका छन् । 

Argakhachi Cement Island Ad

रिहा भएका अमेरिकी बन्दीहरू अमेरिकाको ज्वाइन्ट बेस एन्ड्रयुमा आउने जनाइएको छ ।  

बन्दीहरूको साटसाटसँगै  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रिहा भएका अमेरिकी बन्दीसँग फोनमा कुरा गरेका थिए । वालस्ट्रिटका रिपोर्टरको रिहाइ ४९१ दिनमा भएको उनको परिवारले जनाएको छ ।

रिहा भएका रुसी नागरिकलाई मस्कोस्थित विमानस्थलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वागत गरेका थिए ।

बन्दीहरूको बार्टरलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनको अमेरिकामा प्रशंसा भएको छ । राष्ट्रपतिको उमेदवारी फिर्तापछि  छायामा परिरहेको जस्तो देखिएका उनको पछिल्लो कामले धेरैलाई आश्चर्यमा पारेको छ ।

 रिहा भएकामा १२ जना जर्मन नागरिक, एक ब्रिटिस नागरिक (जसको अमेरिकाको पनि कामदार भिसा रहेको) र तीन अमेरिकी नागरिक भएको बताइएको छ । रसियाका आठजना छन् । बीबीसी

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्