site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले सातै प्रदेशमा तोक्यो इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो । 

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।

त्यस्तै, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र  सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्