site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा छ आज बाढीको जोखिम 

काठमाडौं । देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, गोरखा, लमजुङ र आसपास भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कास्की, जाजरकोट, सुर्खेत, अछाम, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भएर बहने केही स–साना नदी तथा खोलामा पनि बाढी आउने सम्भावना रहेको पूर्वानुमान गरिएको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्