site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा थापा निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएकी छन् । 

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।

समितिको सभापतिमा थापाको मात्रै उमेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिनिर्माणका लागि ध्यान केन्द्रित गर्ने बताइन् । 

आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त भएको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्