site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली नक्कली नोटसहित भारतीय युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नक्कली नोटसहित प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित बेतियाका २२ वर्षीय अजाद आलम छन् ।

नेपाली एक हजार दरका दुई नक्कली नोटसहित सोमबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्