site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति चयन हुँदै 

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ । बैठक अपराह्न साढे ४ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ । समिति सभापतिका लागि नेपाली कांग्रेसबाट सांसद कुसुम थापा मगरको उमेदवारी दर्ता भएको छ । 

यसअघिकी सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त छ । 

सोमबार उमेदवारी दर्ता गराएकी थापा मगरको प्रस्तावक कांग्रेस सांसद वीरबहँदुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्