site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन मुक्तक

अमर अधिकारी


१.
च्यातिएको जिन्दगी सिउने धागो छैन
जिन्दगी मलिलो बनाउने पाँगो छैन
पोलियोले अपांग बनाइदिएझैँ भएको छु
टुप्पोमा पुग्न समाउने कुनै हाँगो छैन ।

२. 
जवान थिएँ र तिम्रा लागि लायक थिएँ
घर नजिक थियो र पो म पायक थिएँ
अहिले बिर्स्यौ र पो त्यसै मलाई 
भेट हुँदा गीत गुञ्जाउने गायक थिएँ ।

३.
हाँगाबाट खसेर बजारिँदा ढाडै दुख्यो
भोलि दुख्नुपर्ने घाउ आज चाँडै दुख्यो
कता बाधा पर्दा कताकता पीडा हुन्छ
खोलाछेउमा पहिरो जाँदा डाँडै दुख्यो ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्