site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्यानडाको ऐतिहासिक सहरमा आगलागी, आधा जस्पर क्षतिग्रस्त

ओटावा । क्यानडाको ऐतिहासिक सहर जस्परमा व्यापक र तीव्र गतिमा फैलिएको आगोले त्यहाँको आधा भाग क्षतिग्रस्त भएको छ ।

अग्निनियन्त्रकले आगो नियन्त्रणको प्रयास गरे पनि सम्भव नभएको अधिकारीहरूले जनाएका छन् । आगलागीबाट कसैको मृत्यु भने नभएको जनाइएको छ ।

करिब २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दा त्यहाँबाट अल्बेर्टा प्रान्तको पर्वतीय क्षेत्रतर्फ लागेका छन् ।

बिहीबार पत्रकार सम्मेलनमा आँखाभरि आँसु पारेर अल्बेर्टा प्रान्तका प्रधानमन्त्री डेनियल स्मिथले ३० देखि ५० प्रतिशत भवन क्षतिग्रस्त भएको जनाएकी छन् । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्