site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा भारी वर्षा, बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

मंगलबार राति १०:२५ बजे जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले मेलम्ची र इन्द्रावती नदीको जलसतह बढ्ने भएकाले भोलि बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले अन्य ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने भएकाले सजग रहन भनेको छ 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २३:०५
प्रतिक्रिया दिनुहोस्