site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजियो : सुदन किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किराँतीले संख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।

विभिन्न प्रकरणमा मुछिएकाहरूलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिएको भाषण जगतलाई मुर्ख बनाउने काममात्रै भएको तर्क गरे । 

किराँतीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत् लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए । 

अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउँदैन भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्