site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ‘ह्वीप’ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । ओलीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको सांसद लेखनाथ दाहालले जानकारी दिए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले एक सातामै विश्वासको मत लिने तयारी गरेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्