site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा उनले राज्यका निकायमा चार्टर्ड एकाउन्टेन्ट नियुक्त गरी लेखापरीक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री पौडेलले देशमा देखिएको आर्थिक समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्दै भने, “देशमा जे जस्ता आर्थिक समस्या देखिएका छन्, ती समस्या समाधान गर्दै आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न हामी लागिपर्छौँ ।”

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारले सार्थक प्रयास गर्ने उनले विश्वास दिलाए । आउँदा दिनमा आर्थिक क्षेत्र सकारात्मक दिशामा अगाडि बढ्ने उनले उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत व्यक्तिले मुलुकको पछिल्लो आर्थिक अवस्था र चार्टर्ड एकाउन्टेन्टले आफ्नो जिम्मेवारी व्यावसायिक तवरले निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्