site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक नियुक्तिका कारण देशमा सही नीति बन्न सकेन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको टिप्पणी गरेका छन् ।

रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिबारे अन्तर्क्रिया कार्यक्रममा लामिछानले सरकारमा पुग्नबित्तिकै दलहरूको प्राथमिकता राजनीतिक नियुक्ति हुने गर्नाले मुलुकमा सही नीति निर्माण हुन नसकेको बताए ।

Argakhachi Cement Island Ad

राजनीतिक नियुक्ति स्वार्थप्रेरित हुने भएकाले उनीहरूबाट बन्ने नीति पनि देशका लागि नभई आफ्ना स्वार्थका आधारमा बन्ने उनको बुझाइ छ ।

उनले ठूला भनिएका राजनीतिक दलहरूलाई कार्यकर्ता र भ्रातृ संगठनको भारी बोक्नुपरेको र उनीहरूको पार्टीप्रतिको योगदान चुकाउन राष्ट्रिय सम्पत्ति दोहन हुने गरेको जिकिर गरे ।

सभापति लामिछानले दुई ठूला राजनीतिक दलहरूले नै सरकार बनाउँदा राजनीतिक नियुक्तिहरू झन बढेर जाने र मुलुकको नीति अस्तव्यस्त हुने बताए ।

अहिलेको ठूला दलहरूको मिलन देशको हितमा हुने संकेत नदेखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्