site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटार सरे ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकाेटबाट सरकारी निवास बालुवाटार सरेका छन् ।

आज शपथ लिएर पदभार ग्रहण गरेसँगै ओली सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेको उनको सचिवालयका सदस्य रामशरण बजगाईंले जानकारी दिए ।

असार १७ गते राति नेपाली कांग्रेससँग भएको सहमतिअनुसार ओलीले अबको दुई वर्ष सरकारको नेतृत्त्व गर्नेछन् । त्यसपछि सरकारको नेतृत्त्व कांग्रेसले गर्ने छ ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज बिहान राष्ट्रपतिबाट शपथ लिएका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्