site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली सहिदपार्कमा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

सोमबार शितलनिवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

त्यस्तै, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णु पौडेल लगायतका मन्त्रीहरूले पनि सहिद स्मारकमा पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्रीको शपथ लिएपछि सहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्