site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आइतबार (भोलि)का निम्ति निर्धारित बैठक स्थगित गरिएको छ । आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो ।

विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले अर्को बैठक आउँदो सोमबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको संसदीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्