site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकले सरकारमा पठाउने मन्त्री टुंगो लगाउने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पार्टीबाट को–को सहभागी हुने टुंगो लगाउन देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

Argakhachi Cement Island Ad

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन् । भोलि नै ओलीले शपथ लिनेछन् । 

सानो आकारको मन्त्रिपरिषद् आइतबार नै गठन गर्ने तयारी रहेकाले कांग्रेसले आज मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको हो ।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्