site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
११ महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा
फाइल तस्बिर ।

सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार ९७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । 

गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरू भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४०२ विदेशी र सात हजार ५७७ नेपाली छन् । 

यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार ९७६ जना र सबैभन्दा कम साउनमा २०८ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ । 

चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले रु १३ करोड ६५ लाख सात सय राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रु तीन हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा सात हजार ५७७ नेपाली, ६ हजार ३०८ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । रासस
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्