site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१९ खर्ब ६७ अर्ब विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ । बुधबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपार्टमा राष्ट्र बैंकले यस्तो तथ्यांक उल्लेख गरेको हो ।

अघिल्लो वर्ष ०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर ०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्