site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणमा २५ जनाको मृत्यु

जेरुसेलम । इजरायलले गरेको आक्रमणमा गाजाको खान युनिस क्षेत्रमा रहेको विस्थापितहरु बस्ने विद्यालयमा कम्तीमा २५ मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्यालेस्टाइन स्वास्थ्य मन्त्रालयले सो घटनालाई विस्थापित मानिसहरूमाथि घृणित आमहत्या भएको जनाएको छ ।  गएका चार दिनमा विस्थापित मानिस बसेको सो क्षेत्रमा गरिएको यो चौथो आक्रमण हो ।

सो मन्त्रालयका अनुसार उक्त आक्रमणमा ५३ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । सीएनएन
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्