site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक सुरु 

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । 

बैठकमा समसामयिक राजनीति, अब बन्ने सरकारमा जाने मन्त्री, केन्द्रीय नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदै छन् । उनले मत पाउने सम्भावना देखिँदैन । सरकार ढलेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेको छ । सोहीअनुसार आजको बैठकमा सरकारमा जाने मन्त्रीहरूका विषयमा छलफल गर्ने तयारी छ ।

त्यस्तै, बैठकमा केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरिएको छ । एमालेले फरक भूगोलको जिम्मेवारी हटाएर घर पाइक जिम्मेवारी दिने तयारी गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्