site stats
बाह्रखरी :: Baahrakhari
देश
कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिका–६ मा पर्ने भोक्रहास्थित कमला नदीमा फसेका चार जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम र ३५ वर्षिय ३५ वर्षीय अलादिन राईको आज उद्धार गरेको हो ।

दाउरा लिन गएको अवस्थामा नदीमा एक्कासि पानीको बहाब बढेपछि उनीहरू नदीको बीच भागमा अड्किएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरूलाई ट्युब बोटको सहायताले सकुशल उद्धार गरेको हो ।

Kamala-Badhi-1720536496.jpg
 

त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदीको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णुदेव गाइत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाइज गर्ने क्रममा एक्कासि आएको बाढीका कारण फसेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्