site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से १५.७९ अंकले बढ्यो, साढे पाँच अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक  १५.७९ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक मंगलबार ०.७३ प्रतिशतले बढेर २१५२.१४ विन्दुमा बन्द भएको हो ।

१६८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसदिन गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक भने स्थिर छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्