site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाल संगठनको उचित व्यवस्थापन गर्न सरकारलाई सांसदकाे ध्यानाकर्षण 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद कुसुम थापाले बाल संगठनको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले शारीरिक तथा मानसिक अशक्त बालिगको स्थानान्तरण तथा व्यवस्थापन गर्ने सन्दर्भमा सरकारलाई आवश्यकता  बमोजिमको स्पष्ट नीति, तर्जुमा निर्माण गर्न समेत ध्यानाकर्षण गराएकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले असक्षम बालबालिकालाई विशेष संरक्षण दिनु राज्यको दायित्व भएको बताइन् । बालबालिकाको अधिकारलाई संविधानमा समेटेर बालबालिकासम्बन्धी ऐन २०७५  कानुन निर्माण गरेको भन्दै उनले असहाय बाल-बालिकाहरू बालिग भइसकेपछि कता स्थानान्तरण गर्ने भन्ने समस्या रहेको बताइन् ।

Argakhachi Cement Island Ad

“उचित व्यवस्थापन एवम्  संरक्षण कसरी गर्ने भन्ने विषयमा हामीसँग स्पष्ट नीतिको अभाव रहँदा सरकारको मातहतमा रहेको बाल संगठनमा अहिले १९ देखि ५४ वर्षका बालिगहरू समेत रहेका छन् । जसले गर्दा बाल संगठनलाई आर्थिक भार र थप जिम्मेवारी त थपिएकै छ त्यससँगै  राज्यले विशेष संरक्षणमा राख्नु पर्ने असहाय बालबालिकाको अधिकार अहिले चपेटोमा परेको छ, बालबालिकाको स्याहारसुसार र संरक्षणमा असर परेको छ‚” उनले भनिन् ।

उनले बालबालिकासम्बन्धी कानुनको प्रमुख सिद्धान्त, बालबालिकाको सर्वोत्तम हितलाई सम्बोधन हुने गरी नीतिगत स्पष्टताको आवश्यकता रहेको बताइन् ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्