देश

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यले अवकाश पाएका छन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण आचार्यले शनिबार रातिदेखि अवकाश पाएका हुन् ।
आचार्य २०५२ कात्तिकमा प्रहरी निरीक्षक भएर प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुख थिए । प्रहरी प्रधान कार्यालयले आइतबार एक विशेष कार्यक्रमका साथ आचार्यको बिदाइ गरेको थियो ।
बिदाइ कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीका साथ सम्पन्न गरेको चर्चा गर्दै सेवानिवृत जीवनको शुभकामना दिएका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १४:५७
प्रतिक्रिया दिनुहोस्