site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुकुल ढकाल पदमुक्त
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । 

अनुशासन आयोगको सिफारिसअनुसार कारबाही गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार पदको जिम्मेवारी कसैलाई दिएको छैन ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्