site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । मंगलबार छापावाल सुन तोलामा ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसदिन छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्