site stats
बाह्रखरी :: Baahrakhari
देश
बालनको जलसतह सतर्कता तह आसपास
फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगै सिरहामा बालन खोलाको जलसतह मंगलबार सतर्कता तह आसपास पुगेको छ । लहानस्थित जलमापन केन्द्रमा बालन खोलाको बहाव सतर्कता तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

खोलाको बहाव बढ्दो क्रममा छ । आज दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“असार २५, बिहान १०ः०० बजे । लहानस्थित बालन खोलाको जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले दिउँसोसम्म सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

b-1720501403.png
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्