site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ४.६२ अंकले घट्यो, चार अर्ब ५६ करोडको सेयर कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.६२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको हो ।

आज ९५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

यसदिन समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले वृद्धि भएको छ भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ८.३९ प्रतिशतले घटेको छ ।

फाइनान्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्