site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी आइतबारकै मूल्य अर्थात् प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्