site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कागेश्वरी मनोहरामा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपलिकामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।

काठमाडौंको बौद्धमा रहेका दुई शाखामध्ये गोकर्णेश्वर नगरपालिका–६ मा रहेको शाखा कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थानबाट ४०० मिटर) मार्फत ग्राहकले सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्‌राइज बैंकले ५९ जिल्लामा २५४ शाखा कार्यालय, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्