site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिमा उतारचढाव भइरहे पनि राज्यका निकायले जिम्मेवारी भुल्न हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिमा उतारचढाव भइरहे पनि सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्न नहुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा सुरक्षा प्रमुखसँगको बैठकमा उनले विपद् व्यवस्थापनमा सरकारसँग पैसा भए पनि कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको बताए । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डले पैसाको सहज परिचालन गर्न सकिने गरी कार्यविधि परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् । 

“नेपाल यसै पनि विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । त्यसमाथि यस वर्ष मौसम आक्रामक हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्वतयारी गरौँ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मल्लले भने, “विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ । तर, कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौँ । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौँ ।”

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्