site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षामन्त्रीको आरोप– राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार फेर्न खोजियो
फाइल तस्बिर ।

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन खोजिएको दाबी गरेकी छन् ।

बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् ।

Argakhachi Cement Island Ad

"आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब," उनले लेखकी छन् ।

बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने क्रममा ओलीले गुणस्तरीय शिक्षकको अभाव रहेको बताएका थिए ।

"यत्रो ठूलो ५३ प्रतिशत किन फेल भयो भन्दा अप्सन नै छैन । शिक्षकहरूले नै तालिम पाएका छैनन्, शिक्षक नै गुणस्तरको छैन । जसले नलेज ट्रान्सफर गर्न सक्छ, सम्प्रेषण गर्न सक्छ । नलेज ट्रान्सफर गर्ने, पहिला आफूसँग नलेज हुनुपर्छ । नलेजको स्किल हुनुपर्छ । हाउ टू ट्रान्सफर नलेज ? अरू विद्यार्थी कमसल भएर होइन," उनले भनेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्