site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीबाट राजीनामा आउँदैन : मन्त्री शर्मा  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत फेस गर्ने भएका छन् । 

बिहीबारको मन्त्रिपरिषद् बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिइन् । उनले प्रधानमन्त्रीबाट राजीनामा नआउने बताइन् । 

“संविधान र कानुनमा भएका व्यवस्थाअनुसार अघि बढ्छौँ । संसद्‌मा विश्वासको मतको सामना हुन्छ । कुन दिन गछौँ थाहा छैन । तर चाँडै गर्छौँ । राजीनामा दिँदैनौँ,” उनले भनिन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्