site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महासचिव नै दोहोर्‍याउन घनश्यामलाई माधवको प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महासचिव घनश्याम भुसाललाई सोही पदमा रहन प्रस्ताव गरेका छन् । 

अध्यक्षमा दाबी गरिरहेका भुसाललाई महासचिवमा नै दोहोरिन नेपालले प्रस्ताव गरेका हुन् । नेताहरूका अनुसार भुसालले अध्यक्षको दाबीबाट पछि हट्ने संकेत गरिसकेका छन् । नेपालको प्रस्तावमा भुसालले आफू निकटका नेतालाई व्यवस्थापन गर्नुपर्ने माग राखेको एक पदाधिकारीले जानकारी दिए । 

"नेताहरूबीच छलफल चलिरहेको छ । नेपालको प्रस्तावमा भुसालले आफू निकटका नेतालाई व्यवस्थापन गर्नुपर्ने माग राखेको बुझिन्छ," ती पदाधिकारीले भने ।  

नेताहरूबीच केन्द्रीय सदस्यलाई समेत सर्वसहमति गर्ने गरी छलफल भरहेको जनाइएको छ । 

असार १६ गते उद्घाटन गरिएको महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्