site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा १६ सयले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० मा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको एक लाख ४३ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८६५ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८२५ मा कारोबार भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्