site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा बाढीले बगाउँदा युवतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएकोे बताइएको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्