site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । आज (मंगलबार) दिउँसो ३ बजेर ५ मिनेट जाँदा सडक एकतर्फी अवरुद्ध भएको थियो । सडकखण्डको जलविरेमा ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । 

सडक डिभिजन कार्यालय भरतपुरले लोडर मेसिनको सहायताले ढुंगा पन्छाएपछि करिब डेढ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्