site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा रिक्त सचिव पदमा सुरेश अधिकारी नियुक्त भएका छन् । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन् । 

अधिकारीलाई सभामुख देवराज घिमिरेले संविधानको धारा १०६ को उपधारा १ बमोजिम नियुक्त गर्न सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८०  माघ २३ देखि सो पद रिक्त थियो ।

nik-1719919095.jpg
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्