site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारका फाइल खोलेपछि एक रात टिक्न सकेनन् : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्तासमीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार पार्टीको पदाधिकारी बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तनको प्रयत्न गरिएको उनको जिकिर छ । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै उनले प्रश्न गरे ।

पदाधिकारी बैठकपछि रवि लामिछानेको प्रतिक्रिया पढ्नोस्–
अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ! जुन ढंगले सरकार अघि बढेको छ, तपाईंहरू नै भन्नुहुन्थ्यो– फाइल खोलनुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको, त्यति पनि बुझ्न सक्दैन त । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्