site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिणी गाजा खाली गर्न इजरायली सेनाको आदेश
तस्बिर : रोयटर्स ।

गाजा । इजरायली सेनाले प्यालेस्टाइनीलाई दक्षिणी गाजाको खान युनिसको पूर्वी हिस्सा खाली गर्न आदेश दिएको छ । इजरायलतर्फ रकेट प्रहार गरिएपछि यस्तो आदेश दिइएको हो ।

उनीहरूलाई पहिला अडियो मेसेज पठाइएको बताइएको छ । त्यसपछि इजरायली सेनाले सोसल मिडियामा अरबी भाषामा त्यसलाई पोस्ट गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार, कैयौँ मानिस पहिला नै त्यहाँबाट भागेका छन् ।

इजरायलतर्फ प्रहार गरिएका २० रकेटबाट कुनै क्षति भने नभएको जनाइएको छ । उक्त घटनालगत्तै इजरायली सेनाले यो निर्णय लिएको हो ।

बितेका केही महिनापछि इजरायलतर्फ गरिएको यो पहिलो ठूलो हमला भएको जनाइएको छ । प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे)ले इजरायलको अपराधका निम्ति यो बमबारी गरिएको जनाएको छ ।

गएको आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सेना प्यालेस्टाइन क्षेत्रमा कठिन लडाइँमा लागेको जनाएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्